भैरहवा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि अनुमति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भैरहवा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि अनुमति

काठमाडौं, ३ असार । सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा २६ वटा उद्योग स्थापनाका लागि अनुमति दिएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति दिइएको जानकारी दिए ।

उनले अनुमति पाएका सबै उद्योगहरुलाई एक हप्ता भित्र उद्योग दर्ता र २ हप्ता भित्रबाट उद्योग निर्माणको काम सुरु गरिसक्ने गरी उद्योग स्थापनाका लागि अनुमति दिइएको बताए । प्राधिकरणका कार्यकारी निर्देशक भट्टले एक वर्ष भित्र स्थापना गरिएको उद्योगहरुबाट उत्पादन सुरु हुने गरी कामलाई अघि बढाउने पनि स्पष्ट पारे ।

भैरहवा विशेष आर्थिक क्षेत्रका लागि आगामी आर्थिक वर्षमा ८ अरव बजेटको व्यवस्था गरेको छ । सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रबाट तत्कालका लागि ५ हजार २ सय रोजगारीको अवसर सृजना गर्ने लक्ष्य लिएको छ ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक भट्टले उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई पनि दूू्रत गतिका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै उद्योगी, व्यवसायीहरुले भने भैरहवा विशेष आर्थिक क्षेत्रमा फूड र प्लाष्टिक उद्योग स्थापना गर्न सरकारलाई सुझाव दिएका छन् । अन्य ठूला उद्योग स्थापनाका लागि ठाउँको समेत अभाव हुने भएकाले भैरहवा विशेष आर्थिक क्षेत्रमा फुड र प्लाष्टिकको उद्योग स्थापनाका लागि उपयुक्त हुने नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले सरकारलाई सुझाव दिए ।

उनले ठूला उद्योग स्थापनाका लागि औद्योगिक क्षेत्र स्थापनाको कामलाई बढावा दिन पनि सरकारको ध्यानाकर्षण गराए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठले उद्योग स्थापनाका लागि पूर्वाधारको विकासमा विशेष जोड दिन सरकारको ध्यानाकर्षण गराए । उनले उद्योग स्थापनाका लागि अव विद्युतको अभाव नहुने विश्वास पनि व्यक्त गरे । पूर्व अध्यक्ष श्रेष्ठले पूर्वाधारको अभावमा नेपालको उद्योग, व्यवसाय फष्टाउन नसकेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);