सेजमा उद्योग स्थापना हुने क्रम सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सेजमा उद्योग स्थापना हुने क्रम सुरु

भैरहवा, ८ कात्तक । रुपेन्देहीको भैरहवामा नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना हुने क्रम सुरु भएको छ । उद्योगीहरुले भू–बहाल शुल्क बुझाएसंगै उनीहरु उद्योग स्थापनाका लागि भौतिक पुर्वाधारमा जुटेका छन् ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले उद्योग सञ्चालनका लागि अनुमति लिएका २४ वटा उद्योग मध्ये अहिले १८ वटाले भू–बहाल शुल्क बुझाएर पुर्वाधार निर्माण गरिरहेको भैरहवा, स्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रवक्ता सुन्दर थापाले बताए ।

उनले अन्यले तत्कालै काम शुरु गर्ने जानकारी दिए । प्रवक्ता थापाले पुर्वाधार निर्माण गर्दै गरेको शक्ति मिनरल्स उद्योगले ३ महिना भित्र उद्योग संचालनमा ल्याउने समेत बताए ।

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर–१ बगाहामा ५२ विगाह क्षेत्रफलमा फैलिएको सेजमा १ हजार ४ सय देखि ३ हजार ७ सय वर्गमिटर सम्मका ६९ वटा प्लट रहेका छन् ।

सरकारले देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका सामानहरु उत्पादन गर्ने उद्देस्यले विशेष आर्थिक क्षेत्र (सेज) उद्योगहरु स्थापना गर्ने अवधारण अघि सारेको छ ।

सेजमा विशेष गरी खाद्य तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, गलैंचा तथा ऊनी सामान, रेशम, हाते कागजका वस्तु गरी १७ किसिमका उद्योगहरु रहने जनाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);