ठूला उद्योगको ‘हब’ बन्दै प्रदेश पाँच | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

ठूला उद्योगको ‘हब’ बन्दै प्रदेश पाँच

pradesh-5

बुटवल, १८ बैशाख । प्रदेश नम्बर पाँच औद्योगिक ‘हब’का रूपमा विकास हँुदै गएको छ र ठूला उद्योग खुल्ने क्रम बढेको छ । प्रदेश सरकारको वस्तुस्थिति विवरण अनुसार यहाँ ५८२ वटा ठूला उद्योग छन् । साना तथा घरेलु उद्योगहरूको सङ्ख्या २३ हजार ४८४ छ ।

पछिल्लो समय ठूला सिमेन्ट उद्योग बढ्ने क्रम छ । देशमा क्लिङ्कर आयात गरी सिमेन्ट उत्पादन गर्ने ३६ मध्ये २१ उद्योग यहाँ छन् । आफ्नै क्लिङ्कर उत्पादन गरी सिमेन्ट उत्पादन गर्ने ११ मध्ये पाँच उद्योग यही प्रदेशमा छन् । देशका १८ वटा रड उद्योगमध्ये आठवटा यहीँ केन्द्रित छन् । पछिल्लो समय मैदा, कुखुराको दाना, ह्याचरी, प्लास्टिकजन्य उत्पादन, कागज, प्लाइउड, फोम, फुटवेयरजस्ता ठूला उद्योगसमेत बढेका छन् ।  यो समाचार आजको गोरखा पत्रमा लेखेको छ ।

खाद्यान्नमा चाउचाउ, बिस्कुट, चप्पल जुत्ता, दाल, मैदा तथा औषधि, बियरलगायतका उद्योग पनि थपिएका छन् । यो वर्ष भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र सेजमा १८ उद्योगीले उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गरिरहेका छन् । औद्योगिक सहजताका लागि पछिल्लो समयमा बाँके र रुपन्देहीमा नयाँ औद्योगिक क्षेत्र खुल्दैछन् । तिनमा करिब एक हजार उद्योग थपिनेछन् ।

आर्थिक वर्ष ०७४÷०७५ मा मात्रै यो प्रदेशमा ५३ वटा ठूला उद्योग स्थापना भएका थिए । सबैभन्दा धेरै २३ वटा मझौला उद्योग खुलेका छन् । यी उद्योगमा ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपियाँ लगानी भएको छ । प्रतिशतका हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७० प्रतिशतभन्दा बढी लगानी थपिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क छ । स्वदेशी सँगसँगै उद्योगमा विदेशी लगानीसमेत उत्साहजनक रूपमा बढिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);