नेपालको वायु सेवामाथि ईयूको प्रतिबन्ध फुकुवा हुन्छ : पर्यटनमन्त्री अधिकारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालको वायु सेवामाथि ईयूको प्रतिबन्ध फुकुवा हुन्छ : पर्यटनमन्त्री अधिकारी

rabindra adhikari

काठमाडौं, ८ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपालको वायु सेवालाई तीन महिनाभित्र युरोपेली संघको कालो सूचीबाट बाहिर निकाल्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले तीन महिनापछि नेपाली हवाई सेवा सबैले विश्वास गर्न लायक बन्ने दाबी गरेका हुन् । युरोपेली संघले २०१३ डिसेम्बरदेखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा प्रतिबन्ध लगाएको छ । नेपालको वायु सेवालाई सन २०१३ मा आइकाओले गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको र युरोपेली संघे पनि कालोसूचीबाट हटाउने उनको दाबी छ ।

त्यसैगरी नेपालले भारतबाट नयाँ हवाई रुट प्राप्त गरेको पनि मन्त्री अधिकारीले जानकारी गराए । अन्तर्राष्टिय उडानका लागि महेन्द्रनगरबाट कम उचाईमा १८ हजारदेखि २४ हजार फिटसम्मको उडान तत्काल प्रवेशमार्ग दिन भारतले सहमति जनाएको छ । त्यसैगरी पूर्वमा विराटनगर र जनकपुरको थप प्रवेश विन्दु दिन पनि भारत सहमत भएको छ ।

नेपाल भारतबीच २०७२ सालको पुषमा भएको हवाई सेवा वार्तामा नेपाललाई थप हवाई उडान रुट उपलब्ध गराउने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमान प्राधिकरणबीच प्राविधिक तहमा छलफल हुनुपर्ने सहमति भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);