संघीय संसदको संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

संघीय संसदको संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बस्ने

काठमाडौं । संघीय संसदको संयुक्त बैठक बुधवार बस्ने भएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो । संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बोलाइएको छ । संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मान्य सदस्यहरु संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालनको नियमावली मस्यौदाको संशोधन मस्यौदा समितिका प्रतिवेदन पेस गर्ने प्रयोजनको लागि संघीय संसदको संयुक्त बैठक मिति २०८०, जेठ १० गते बुधवार दिनको ४ बजे प्रतिनिधि सभा बैठक कक्षमा बस्ने व्यहोरा मान्य सदस्यहरुलाई जानकारी गराउँछु ।’

प्रतिनिधि सभाको अर्को बैठक जेठ १० गते बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);