राष्ट्रपति भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

राष्ट्रपति भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् ।

bidhaya devi

काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को पहिलो संयुक्त बैठकलाई पहिलोपटक सम्बोधन गर्न लागेकी हुन् । बैठकमा राष्ट्रपति भण्डारीलाई सम्बोधनको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दिने छन् । संघीय संसद्को संयुक्त बैठक अपरान्ह ४ बजे बोलाइएको छ । बैठकमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिव र कूटनीतिक नियोगका प्रमुखलाई पनि आमन्त्रण गरिएको छ ।

संघीय संसद्मा सम्बोधनका लागि राष्ट्रपति भण्डारी राष्ट्रपति भवनबाट संघीय संसद् भवनसम्म बग्गीमा जाने कार्यक्रम छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);