राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा प्रवेश

काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवनमा प्रवेश गरेकी छन् ।

नेपालको संविधान जारी भएपछि गत मंसिर १० र २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको थियो । यसैगरी माघ २४ गते राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको थियो ।

निर्वाचन सम्पन्न भएपछि प्रतिनिधिसभा र राष्ट्रियसभा गठन भएका थिए । ती दुवै सदनको संयुक्त बैठकलाई आज राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेको यो पहिलो पटक हो ।

बैठकमा राष्ट्रपति भण्डारीलाई सम्बोधनको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दिने छन् । संघीय संसद्को संयुक्त बैठक अपरान्ह ४ बजे बोलाइएको छ । बैठकमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका सचिव र कूटनीतिक नियोगका प्रमुखलाई पनि आमन्त्रण गरिएको छ ।

संघीय संसद्मा सम्बोधनका लागि राष्ट्रपति भण्डारी राष्ट्रपति भवनबाट संघीय संसद् भवनसम्म बग्गीमा जाने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);