राष्ट्रपति भण्डारीले चैत १५ गते संसदमा सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रपति भण्डारीले चैत १५ गते संसदमा सम्बोधन गर्ने

bidhya-bhandari

प्रधानमन्त्रीको जनसम्पर्क अधिकृतमा अच्युत मैनाली र प्रेस सल्लाहकारमा  कुन्दन अर्याललाई नियुक्त

काठमाडौं, १२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छन् ।

मन्त्रिपरिषदको सोमबारको बैठकले संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यसूची अनुमोदन गरेको हो । बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका बेला देशका बिभिन्न स्थानका बम बिष्फोटमा परी घाइते भएकाहरुको उपचार खर्च अस्पतालको बिल हेरेर सरकारले नै ब्यहोर्ने निर्णयसमेत गरेको छ ।

बैठकले कैलालीको रानी जमारा सिंचाइ परियोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरुलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । त्यस्तै घरबहाल सम्बन्धि दोहोरो कर प्रणालीलाई हटाउने निर्णय भएको सञ्चार राज्यमन्त्री बास्कोटाले जानकारी दिए ।

बैठकले प्रधानमन्त्रीको जनसम्पर्क अधिकृतमा अच्युत मैनाली र प्रेस सल्लाहकारमा डाक्टर कुन्दन अर्याललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले प्रदेश प्रमुखदेखि जिल्ला समन्वय समितिका प्रमुखसम्मलाई कुटनीतिक राहदानी र नगरपालिका र गाउँपालिका प्रमुखलाई अफिसियल राहदानी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);