प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षबीच छलफल

mahara

काठमाडौं, १२ चैत । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच सभा सञ्चालनको विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित सभामुख महराको कार्यकक्षमा सोमबार भएको छलफलमा दुवै सदनलाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रतिनिधिसभाको सभामुखमा निर्वाचत भएका महरा र राष्ट्रियसभाका अध्यक्षमा निर्वाचित भएका तिमिल्सिनाबीच पहिलो पटक औपचारिक भेटवार्ता भएको हो । २ सदनले आ–आफ्नै कार्यव्यवस्था नियमावली बनाउने कामलाई अघि बढाएका छन् ।

नियमावलीमा एकरुकता ल्याउने तथा संयुक्त बैठक सञ्चालनका विषयमा पनि सभामुख महरा र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच छलफल भएको सभामुख महराको निजी सचिवालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);