संघीय संसदको संयुक्त बैठकमा कार्य सञ्चालन नियमावली पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

संघीय संसदको संयुक्त बैठकमा कार्य सञ्चालन नियमावली पेश

काठमाडौं, ३ असार । संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति कार्य संचालन नियमावली आईतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरिएको छ ।

संघीय संसद अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको आईतबार बसेको संयुक्त बैठकमा संयुक्त बैठक तथा संयुक्त समिति कार्य संचालन नियमावली पेश गरिएको हो । नियमावलीमा संसदीय सुनुवाई विशेष समिति १५ सदस्यीय रहने व्यवस्था गरिएको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

१२ जना प्रतिनिधिसभा र ३ जना राष्ट्रियसभाका सदस्यहरु रहने गरी संसदीय सुनुवाई विशेष समिति रहने व्यवस्था गरिएको छ । नियमावलीमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको पनि व्यवस्था गरिएको सभापति पोखरेलले बताए ।

८ परिच्छेद, ४३ नियम र १ अनुसूचि रहेको नियमावलीमा जनमत संग्रह, राष्ट्रपति, उपराष्ट्रपतिको महाअभियोग, सरकारको बजेट तथा नीति कार्यक्रम, राष्ट्रिय महत्वका सन्धि, सम्झौता गर्दा दुवै सदनको दूई तिहाई बहुमतले पारित गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

नियमावलीमा संशोधन राख्न यही सोमबार र मंगलबारको समय दिइएको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय संसद सचिवालयमा सोमबार र मंगलबार नियमावलीमाथि संशोधन राख्न सक्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए । असार ८ गते बस्ने संसदीय संसदको दुवै सदनको सयुक्त बैठकमा सो नियमावलीमाथि दफावार छलफल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);