प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत

काठमाडौं, २५ भदौ । सरकारले सिफरिस गरेको तीनजना राजदूतहरुको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको छ । समितिको आजको बैठकले राजकाजी खड्का, गेहेन्द्र राजभण्डारी र तापस अधिकारीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

सरकारले खड्कालाई जर्मनी, राजभाण्डरीलाई बेल्जियम र युरोपियन युनियन तथा अधिकारीलाई पाकिस्तानको राजदूतका लागि सिफरिस गरेको थियो । प्रस्तावित राजदूतहरुको योग्यता, क्षमता र अनुभवका आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्र समिति (कार्य सञ्चालन) नियमावली २०७५ को नियम २६ को उपनियम (५) अनुसार समितिबाट नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सभापति लक्षमणलाल कर्णले बताउनुभयो ।

सभापति कर्णले सरकारले समानुपातिक समावेशीताको सिद्धान्त अनुसार राजदूतहरुको नाम सिफारिस नभएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । रिक्त रहेका सबै देशमा एकै पटक राजदूत नियुक्ति नगर्दा समस्या देखिएपनि आगामी दिनमा नियुक्ती गर्दा सोही अनुसार गर्न सरकारलाई समितिले निर्देशन समेत दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);