बिभिन्न ४ देशका लागि प्रस्ताबित राजदुतको नाम सर्वसम्मत अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिभिन्न ४ देशका लागि प्रस्ताबित राजदुतको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं, २३ असार । संसदीय सुनुवाई बिशेष समितिले बिभिन्न ४ देशका लागि प्रस्तावित राजदूतहरुको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । सोमवार बिहान बसेको समितिको बैठकमा पहिला बंगलादेशका लागि प्रस्तावित राजदूत डाक्टर बंशीधर मिश्रको सुनुवाई भएको थियो ।

त्यसपछि दिउँसो बसेको बैठकमा अन्य तीनजना प्रस्तावित राजदूतहरुको सुनुवाई भएको थियो । समितिबाट अनुमोदित भएसँगै बंगलादेशका लागि डाक्टर बंशीधर मिश्र, अस्ट्रेलियका लागि महेशराज दाहाल, स्पेनका लागि दावाफुटी शेर्पा र कतारका लागि नारदनाथ भारद्वाज राजूदत हुने पक्कापक्की भएको छ । बंगलादेशका लागि प्रस्ताबित राजदुत मिश्रले बंगलादेशसंगको कनेक्टीभिटीको बिषयमा प्राथमिकता दिने बताउनु भएको थियो ।

गत जेठ २३ गते सरकारले बंगलादेश, कतार, अष्ट्रेलिया र स्पेनका लागि राजदुत सिफारिस गरेको थियो । समितिले अनुमोदन गरेपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);