मनसुन सक्रिय : देशका अधिकांश स्थानमा बर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मनसुन सक्रिय : देशका अधिकांश स्थानमा बर्षा हुने

mausam

सतर्क रहन मौषमबिदको आग्रह

काठमाडौं, २३ असार । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सरेकाले मनसुनी गतिविधि सक्रिय भएको महाशाखाले जनाएको छ । उक्त न्यून चापीय प्रणाली चार÷पाँच दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर सर्ने भएकाले नेपालमा भन्दा भारतमा वर्षा बढी हुने पनि महाशाखाले जनाएको छ । देशभर मनसुन सक्रिय भएकाले बाढीपहिरो जान सक्ने हुँदा सतर्कता अपनाउन मौसम विद्हरूले आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);