मनसुन पूर्ण सक्रिय नहुँदा देशै भर गर्मी बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मनसुन पूर्ण सक्रिय नहुँदा देशै भर गर्मी बढ्यो

monsoon

काठमाडौं, १८ असार । नेपालमा मनसुन सक्रिय नहँदा देशै भर गर्मी बढेको छ । मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो ।

न्यून चापीय रेखा मध्य भारतमै रहेकाले मनसुन कमजोर भएको महाशाखाले जनाएको छ । मनसुन प्रणाली बिस्तारै नेपालसम्म आई पुग्न तीन–चार दिन जनाइएको छ । अहिले मनसुन कमजोर अवस्थामा रहेकाले हल्का र क्षणिक वर्षा मात्र भएको बताइएको छ।

तत्काल भारी वर्षाको सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन प्रवेश गर्ने समय जुन १० तारिख देखि हो ।

यस वर्ष १२ दिन ढिलो गरी मनसुन भित्रिए पनि अझै सक्रिय बन्न सकेको छैन । मनुिन सक्रिय नबन्दा काठमाण्डौ उपत्यका सहित देशैभर गर्मी बढेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);