असार तेस्रो साता भइसक्दा पनि मनसुन अझै सक्रिय हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

असार तेस्रो साता भइसक्दा पनि मनसुन अझै सक्रिय हुन सकेन

काठमाडौं, २१ असार । असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन । न्यूनचापिय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाले जनाएको छ । मनसुन ट्रस्ट भारतको मध्य भू–भागमै रहेको छ । उक्त ट्रस्ट विस्तारै नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्ने मौशम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

जल तथा मौसम पूर्वनुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वनुमान जारी गर्दै शनिवार देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

आइतबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशैभरी आंशिकदेखि सामान्य बद्ली रही एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);