मुख्य अभियुक्त नसिम मुसलमान पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मुख्य अभियुक्त नसिम मुसलमान पक्राउ

काठमाडौं, २१ असार । कपिलबस्तुका मोहम्मद अहेमानको हत्या प्रकरणका मुख्य अभियुक्त नसिम मुसलमान पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई शनिवार काठमाडौवाट पक्राउ गरेको हो ।

गम्भीर प्रकृतिको घटना भएकाले सीआईबीले नसिम मुसलमान र उनको समूहको खोजी जारी राखेको थियो । पछिल्लो समय भारत अलिगढवामा बस्दै आएका उनी नेपाल आउने जाने गरेको सूचनाका आधारमा खटिएको सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो । मुसलमान कपिलबस्तुमा भएका ७ हत्या र एक डाँका मुद्दाका अभियुक्त भएको पाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);