मध्य असारमा पनि रुपन्देहीका अधिकांश खेत बाँझै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मध्य असारमा पनि रुपन्देहीका अधिकांश खेत बाँझै

khet bajhai

विवेक विश्वकर्मा
भैरहवा, १८ असार । समयमा बर्षा नहुँदा देशभर धान रोपाई ढिलाई भईरहेको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरु बर्षा नहुँदा चिन्तित भएका छन् । रोपाईको चटारो हुनु पर्ने बेलामा अहिले रुपन्देहीमा चारै तिर उराठ लाग्दो बाँझो खेत मात्र देखिन्छ ।

वर्षाको मौसममा, हरियो देखिनु पर्ने रुपन्देहीका खेतहरु असारको दोश्रो साता वितिसक्दा पनि अझै बाँझै छन् । रोपाईको चटारोमा भरिभराउ देखिनु पर्ने खेतहरु उराठ लाग्दो सुख्खा अवस्थामा देखिन्छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरु बर्षा र सिँचाईको अभावमा चिन्तित छन् ।

पानी अभावको समस्या त छ नै खेतीका लागि आवश्यक रसायनिक मलको पनि अभावले कृषकहरु झन् छट्पटाएका छन् । मल अनुदानमा दिइने भनिए पनि अनुदान त परको कुरा किसानहरुले आफै खरिद गर्न भने पनि मल उपलब्ध गराउनु सकिएको छैन । किसानहरु महंगो मूल्यमा भारतबाट मल ल्याउन बाध्य छन् ।

मल अभावको समस्या यस वर्षको मात्र होइन । प्रत्येक बर्ष कृषकहरु यसरी नै १ बोरा डिएपी मलको लागि छटपटिने गरेका छन् । कृषि सामाग्री कम्पनीले पनि अब डिएपी मल खरिद गर्न सम्भव नरहेको बताएको छ । अब जिटुजी प्रक्रियाबाट मात्र मलको आपूर्ति सम्भव रहेको कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय भैरहवाका प्रवन्धक राजेन्द्र कार्कीले बताउनु भयो ।

पन्देहीमा न्युन सिंचाई सुविधा उपलब्ध छ । यस्तो अवस्थामा मौसमकै भर परेर खेतीपाती गर्नुपर्ने बाध्यता हुन्छ । किसानले गर्ने खेतीपाती आफ्नो निजी कृषि कर्म जस्तो देखिए पनि राष्ट्रिय उत्पादनमा सहभागी भएर उनीहरुले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका हुन्छन् । सरकारले दिने अनुदान बीउ, औजार र कीटनाशक औषधि अहिले पनि हलो जोत्ने किसानसम्म पुग्न सकिरहेको छैन ।

परम्परागत शैलीकै खेतीपातीले गर्दा यो पेशा निर्वाहमुखी मात्रै बनेको छ । प्रदेश ५ सरकारले आगामी आर्थिक बर्षको बजेटमा कृषिमा चार अर्ब सात करोड बजेट छुट्याएको छ  । प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखी धेरै योजनाहरु ल्याए पनि बिशेषतः कृषिमै आधारित वर्गको मूलभुत समस्याहरुलाई भने यसले छुन नसकेको आवाजहरु उठन् थालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);