मल अभावमा धानबाली सुक्न थालेपछि कृषक चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मल अभावमा धानबाली सुक्न थालेपछि कृषक चिन्तित

mal abhav

शम्भु माली
कपिलवस्तु, २६ साउन । कपिलवस्तुमा डिएपी मल अभावको समस्या अझै समाधान हुन सकेको छैन । मलको अभावमा लगाइएका धान बाली सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । कृषि मन्त्री चक्रपाणी खनालले तीन चार दिनमा आउँछ भनी आश्वासन दिएको एक महिना भन्दा बढी भइसक्दा पनि मल नपाएको किसानहरुले गुनासो गरेका छन् ।

कृषकहरुले जेठको अन्तिम सातादेखि धान रोपाईको लागि अत्यावश्यक मलको अभाव भएको भनी आवाज उठाउँदै आएका छन् तर अहिले साउनको अन्त्यमा आईपुग्दासम्म यो समस्या समाधान हुन सकेको छैन । धान खेती लगाई सकेपछि पनि डिएपी मल नपाउँदा कृषकहरु मारमा परेका छन् । उनीहरुले लगाएका धान मलको अभावमा सुक्न थालेका छन् ।

सरकारले ठुल्ठुला योजनाको कुरा गर्ने तर कृषि प्रधान देशका कृषकहरुको समस्या समाधानका लागि चासो नदिएको कृषकहरुको गुनासो छ । रोपाइको शूरुदेखि नै देखिएको मल अभावको समस्या समाधान केही दिन मै गर्ने भनेर कृषि मन्त्री चक्रपाणी खनालले असार १६ गते आश्वासन दिनुभएको थियो ।

कपिलवस्तुमा सविककाको ३९ गाविस तथा कपिलवस्तु नगरपालिकामा वितरणको जिम्मेवारी कृषि समाग्री कम्पनी लिमिटेड तथा बाँकी साल्ट ट्रेडिङ्ग कम्पनीले पाएको छ । कपिलवस्तुमा १५ हजार मेट्रिक टन मलखादको बार्षिक अवश्यकता रहेकोमा युरिया ८ हजार मेट्रिक टन, डिएपी ५ हजार मेट्रिक टन, तथा अन्य कृषि चुना, जिंक आदि मलको अवश्यकता रहेकोमा कपिलवस्तुमा कृषि समाग्री कम्पनी लिमिटेडमा युरिया आठ हजार मेट्रिक टनमा जम्मा तीन सय ५० मेट्रिक टन उपलब्ध भएको र डिएपी पाँच हजार चहिनेमा केही पनि उपल्बध भएको छैन । नेपालमा मल उपलब्ध नहँुदा कृषकहरु भारतबाट चर्को मूल्यमा मल ल्याउन बाध्य छन् ।

अहिलेको समयमा कपिलवस्तुको कृषि सामाग्री कम्पनी लिमिटेड डिएपी मलको मात्रा शून्य छ । भदौको पहिलो साता भित्र मल आई पुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख दिनेश शर्माले जानकारी दिनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);