राजपाको महाधिवेशन प्रक्रिया रोकियो | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

राजपाको महाधिवेशन प्रक्रिया रोकियो

rajapa meet

काठमाडौं, २४ असार । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)को महाधिवेशन प्रक्रिया रोकिएको छ । दोस्रोपटक तोकिएको महाधिवेशनको मिति नजिकिँदै गर्दा सदस्यताको ठेली केन्द्रमा ल्याउने, महाधिवेशन गर्नका लागि विभिन्न समिति गठन गर्ने, महाधिवेशनमा पेस गर्नका लागि विधानलाई अन्तिम रूप दिनुपर्नेलगायत सबै काम ठप्प छन् ।

सदस्यताको ठेली जेठभित्र केन्द्रीय कार्यालयमा पुर्‍याउन राजपाले जिल्ला कमिटीलाई निर्देशन दिएको थियो । तर, अहिलेसम्म कुनै जिल्लाको सदस्यताको ठेली केन्द्रमा नपुगेको महासचिव केशव झाले बताए ।

‘असारमा आर्थिक वर्षको अन्तिम महिना भएकाले विकास निर्माणका योजना सक्न नेता र जनप्रतिनिधि लागेकाले सदस्यताको ठेली संकलन गर्ने कार्य रोकिएको बताउँदै महासचिव झाले भने, ‘साउनको पहिलो–दोस्रो साताबाट संकलन सुरु होला ।’ नौपटकसम्म म्याद थपेर साधारण तथा सक्रिय सदस्यता वितरण र नवीकरण प्रक्रिया १५ जेठमा समापन गरेको थियो ।

आगामी कात्तिक २८–३० मा महाधिवेशनको मिति तोकेको राजपाले महाधिवेशन सम्पन्न गर्नका लागि नेता महन्थ ठाकुरको संयोजकत्वमा मूल आयोजक समिति बनाएको छ । समतिमा केन्द्रीय कार्यसमितिका सबै सदस्य रहने निर्णय अध्यक्ष मण्डलको बैठकले गरेको छ । ठाकुरकै संयोजकत्वमा पदाधिकारी समितिका सदस्य रहने गरी महाधिवेशन तयारी समिति बनाइएको छ । अन्य कुनै समिति बनेका छैनन् । यी समितिले पनि महाधिवेशनसम्बन्धी कुनै तयारी नगरेको राजपा नेता बताउँछन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);