इलाका प्रशासन नौ महिनादेखि बन्द | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

इलाका प्रशासन नौ महिनादेखि बन्द

ilaka prakasan

काठमाडौं, २४ असार । उमाकुण्ड गाउँपालिका–४ लाप्चाने प्रीतिमा रहेको इलाका प्रशासन कार्यालय नौ महिनादेखि प्रयोगविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारी जान छाडेपछि नौ महिनादेखि इलाका प्रशासन कार्यालय खुल्न सकेको छैन ।

जिल्लाको विकट मानिने उत्तरी क्षेत्रका नागरिकलाई सहज रूपमा सरकारी सेवा दिने उद्देश्यले ०७३ मा जिल्ला प्रशासन कार्यालय इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । हालको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवाले भने, ‘साबिकका गुम्देल, बाम्ती, प्रीति, कुबुकास्थली, ठोसे, भुजी, गुप्तेश्वर र चुचुरे गरी ८ वटा गाविसवासीलाई लक्षित गरेर कार्यालय स्थापना गरिएको थियो । तर, कर्मचारी नबसेपछि कार्यालय बन्द भयो ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);