८६ केजी गाँजासहित एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

८६ केजी गाँजासहित एक पक्राउ

gaja

काठमाडौं, २४ असार । लागुऔषध गाँजा ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका–१ घर भएका ३० वर्षीय गणेश थापालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटेको प्रहरी टोलीले सोमबार बिहान साढे दुई बजे ८५.६ केजी गाँजासहित थापालाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले हेटौँडा उपमहानगरपालिका–११ थानाभ-याङमा चेकजाँच गर्ने क्रममा थापा पक्राउ परेको जानकारी दिए । एसपी सिंहका अनुसार बा१२च ८५५६ नम्बरको कार भाडामा लिएर थापाले मकवानपुरको ज्यामिरेबाट बाराको पथलैयासम्म गाँजा लैजान लागेका थिए ।

पक्राउपछि दुई लाख रुपैयाँ पाउने लोभमा गाँजा ओसारपसार गरेको बयान थापाले दिएको उनले बताए । एसपी सिंहले भने, ‘अभियुक्तले दुई लाख पाउने प्रलोभनमा गाँजा ओसारपसार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ हाल चितवन इच्छामनकामना गाउँपालिका–७ बस्दै आएका थापाले यसअघि पनि गाँजा ओसारपसार गर्दै आएको प्रहरीको आशंका छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);