सिन्धुलीमा २८ केजी गाँजासहित दुई जना पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

सिन्धुलीमा २८ केजी गाँजासहित दुई जना पक्राउ 

gaja

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–२ सानो गर्दवाबाट करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय दल बहादुर मोक्तान र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरुको घर तथा आसपास एरियाहरू तलासी गर्ने क्रममा घर नजिकै रहेको मकैबारीमा प्याकिङ गरी राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);