कांग्रेसको पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यता विवादबारे छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेसको पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यता विवादबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

महाधिवेशनको मिति नजिकिएसँगै त्यसको तयारी र क्रियाशील सदस्यता विवादबारे छलफलका लागि आज दिउँसो सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।

पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा क्रियाशील सदस्यताको विवाद चर्किएको छ ।

कांग्रेसको महाधिवेशनका लागि भदौ १६देखि १९ गतेसम्मको मिति तोकिएको छ भने वडा अधिवेशन भने साउन १२ गतेदेखि हुनेछ । सो अधिवेशन अगावै क्रियाशील सदस्यताको विवाद समाधान गरिसक्नु पर्ने दबाव कांग्रेसलाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);