तयारी नपुगेकाले कांग्रेस पदाधिकारीको बैठक शुक्रबार बस्नेगरी स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तयारी नपुगेकाले कांग्रेस पदाधिकारीको बैठक शुक्रबार बस्नेगरी स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।

क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। तयारी नपुगेकाले बैठक भोलि बस्ने गरी स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा क्रियाशील सदस्यताको विवाद झनै चर्किएको छ ।कांग्रेसको महाधिवेशनका लागि भदौ १६देखि १९ गतेसम्मको मिति तोकिएको छ भने वडा अधिवेशन भने साउन १२ गतेदेखि हुँदैछ । उक्त अधिवेशन अगावै क्रियाशील सदस्यताको विवाद समाधान गर्न सभापति देउवालाई दवाव बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);