अधिवेशन सुनिश्चिता र क्रियाशिल सदस्यताको छानबिनको माग गर्दै देउवा निवास अगाडि नाराबाजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अधिवेशन सुनिश्चिता र क्रियाशिल सदस्यताको छानबिनको माग गर्दै देउवा निवास अगाडि नाराबाजी

सुजन चालिसे,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित नीजि निवास अगाडि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गरेका छन् ।

अधिवेशन सुनिश्चिता र क्रियाशिल सदस्यताको छानबिनको माग गर्दै कांग्रेस नेता तथा कार्यकर्ताहरुले देउवा निवास अगाडि नाराबाजी गरेका हुन् । केही जिल्लामा बाँकी रहेको सक्रिय सदस्यता विवाद समाधान हुन नसक्दा कांग्रेसले साउनका लागि तोकेको अधिवेशन स्थगित गरेको थियो भने भदो १६देखि १९ सम्म तोकिएको महाधिवेशन पनि अनिश्चित रहेको छ ।

देउवा निवासमा कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ । सोही बैठकलाई लक्षित गर्दै विरोध प्रदर्शन भएको देखिन्छ । आज बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको प्रभावित कार्यतालिकाका विषयमा छलफल गरी निर्णय गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);