भारतीय दुतावास अगाडि अखिल (क्रान्तिकारी) को विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

भारतीय दुतावास अगाडि अखिल (क्रान्तिकारी) को विरोध प्रदर्शन

काठमाडौं, २५ कात्तिक । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मिचिएका सबै नेपाली भूमि फिर्ता गर्न भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गरेको छ ।

सोमबार लैनचौरस्थित भारतीय दुताबास अगाडि विरोध प्रदर्शन गर्दै अखिल (क्रान्तिकारी)मा विद्यार्थी नेता तथा कार्यकर्ताहरुले नेपालको अतिक्रमित भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गरेका हुन् ।

त्यस क्रममा उनीहरुले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेर हालै राजनीतिक नक्सा सार्वजनिक गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए ।

विरोध प्रदर्शनपछि आयोजित कोण सभामा बोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले तत्काल नेपाली भूमि फिर्ता गर्न भारत सरकारसँग माग गर्नु भयो । उहाँले नेपाली भूमि भारतले फिर्ता नगरे आफूहरु बलिदानीपूर्ण संघर्षमा होमिन तयार रहेको चेतावनी दिनुभयो ।

विरोध प्रदर्शनमा विद्यार्थीहरुले ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, फिर्ता गर’ लेखिएको प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);