मेलम्चीसँग भेन्डर र मजदुरले मागे पौने दुई अर्ब भुक्तानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मेलम्चीसँग भेन्डर र मजदुरले मागे पौने दुई अर्ब भुक्तानी

melamchi

काठमाडौं, २४ असार । मेलम्ची खानेपानी आयोजनासँग ८८ भेन्डर (सामान आपूर्तिकर्ता) र आठ सय मजुदरले भुक्तानी माग गरेका छन् । २९ मंसिरमा ठेक्का छाडेको इटालियन कम्पनी सिएमसीसँग काम गरेका मजदुर र भेन्डरले आयोजना बोर्डसँग एक अर्ब ६७ करोड चार लाख भुक्तानी पाउनुपर्ने माग गरेका हुन् ।  सिएमसीले आयोजनाको काम छाडेपछि आफूहरू समस्यामा परेको उनीहरूको भनाइ छ । उनीहरूले सिएमसीले काम छाडेलगत्तै भुक्तानी माग गर्दै आए पनि आयोजनाले अधिकार नभएको भन्दै पन्छिँदै आएको थियो ।

सिएमसीले छाडेको ६ महिनापछि गत जेठमा मन्त्रिपरिषद् बैठकले आयोजनाको ठेक्का टुक्राएर सीधै काममा लगाउन सक्ने निर्णय गरेको थियो । जसअनुसार आयोजना बोर्डले दुइटा प्याकेजमा टेन्डर आह्वान गरेको थियो । आठवटामा सिएसमीसँगै काम गरेको सहायक ठेकेदारलाई कामको जिम्मा दिइएको छ । सरकारको निर्णयअनुसार सीधै ठेक्का पाएका ठेकेदार आयोजनास्थलमा पुग्दा भुक्तानी लिन बाँकी रहेका भेन्डरले अवरोध गरेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);