निर्माण व्यवसायीको कुनैपनि प्रकारको एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

निर्माण व्यवसायीको कुनैपनि प्रकारको एकाधिकार स्वीकार्य नहुने : प्रधानमन्त्री ओली

kp oli

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायीको कुनैपनि प्रकारको एकाधिकार स्वीकार्य नहुने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २० औँ वार्षिक साधारणसभा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने आवश्यक्ता रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले ठूला निर्माण व्यवसायीप्रति लक्षित गर्दै निर्माण व्यवसायीको कुनै प्रकारको एकाधिकार स्वीकार्य नहुने बताएका छन् ।

व्यवसायीले समयमा काम गर्न नसक्ने औचित्यपूर्ण अवस्थामा सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटकपटक अवधि थप्न नसकिने उल्लेख गरे । प्रधानमन्त्री ओलीले कम गुणस्तरका सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा कारवाही गर्ने चेतावनी दिएका छन् । उनले मुलुकी अपराध संहिता ऐनमा रहेका कमीकमजोरीलाई परिमार्जन गर्न सरकार तयार रहेको समेत बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले भौतिक पूर्वाधारलाई अलग राखेर समृद्धि हुन नसक्ने भन्दै समयमा गुणस्तरीय निर्माण नहुनुमा व्यवसायीलाई मात्र दोषी ठर्हयाउन नहुने बताएका छन् । उनले सार्वजनिक खरीद ऐनमा र मुलुकी अपराध संहिता ऐन २०७४ मा रहेका कतिपय दफालाई व्यावहारिक बनाइनुपर्ने माग सरकारसँग गरेका छन् ।  निर्माणबाट समृद्धि भन्ने नाराका साथ आजबाट सुरु भएको नेपाल निर्माण व्यवसायी महासंघको २०औं साधारणसभा शनिवारसम्म चल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);