मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीको काँधमा : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीको काँधमा : प्रधानमन्त्री

pm kp oli

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले निर्माण व्यवसायीहरुलाई तोकिएको समय भित्रै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीहरुलाई ठेक्का दिँदा सरकारले पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी संगठन एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीहरुको काँधमा आएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले सरकारले मुलुकको आर्थिक उन्नतिका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने पनि बताए ।

उनले सरकारले राम्रो कामको शिलशिला सुरु गरेको उल्लेख गर्दै अव त्यसले गति लिने बेला आएको दावी गरे । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक उन्नतिका लागि सरकारले राष्ट्र हित अनुकूल हुने गरी वैदेशिक लगानी भित्र्याउने योजना बनाएको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);