नेकपाका अध्यक्ष प्रचण्ड चीन प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाका अध्यक्ष प्रचण्ड चीन प्रस्थान

काठमाडौं, ३० भदौ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन प्रस्थान गरेका छन् ।

अध्यक्ष दाहाल चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चार दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । चीन प्रस्थान गर्नु अघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ गराउने विषयमा केन्द्रित हुने बताए ।

अध्यक्ष दाहालले दुई देशका सरकारबीच भएको पछिल्ला सहमति र समझदारी प्रभावकारी कार्यान्वयन गराउन आवश्यक वातावरण बनाउन पनि आफ्नो भ्रमण उपयोगी हुने विश्वास व्यक्त गरे ।

एक फरक प्रसंगमा अध्यक्ष दाहालले पार्टी संगठनहरुको एकीकरणसम्बन्धि छलफल सकारात्मक दिशामा अघि बढेको र आफू चीनबाट फर्किए लगत्तै आवश्यक निर्णय लिने बताए । उनले दशैं अघि संगठनहरुको एकीकरणको काम सम्पन्न हुने बताए ।

अध्यक्ष दाहालले एक हप्ता अघि भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक भेटवार्ता गरेका थिए । एक हप्ता नबित्दै दुवै छिमेकी मुलुक भारत र चीनमा भएको अध्यक्ष दाहालको भ्रमणलाई महत्वकासाथ हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);