मजबुत राष्ट्रिय एकताको पक्षमा प्रधानमन्त्रीकाे जोड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मजबुत राष्ट्रिय एकताको पक्षमा प्रधानमन्त्रीकाे जोड

pm kp oli

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको मजबुत राष्ट्रिय एकताको पक्षमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीले मुलुकमा सामाजिक सदभाव बिथोल्ने प्रयास अझै भईरहेको भन्दै सचेत हुन पनि सबैमा आह्वान गरेका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले राष्ट्रिय एकताकै जगमा मुलुकको उद्योग र वाणिज्य क्षेत्र फष्टाउने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले हिमाल, पहाड र तराईका सबै जातजातिको बलियो एकताको जगमा नै उद्योग र व्यापारको क्षेत्रले पनि प्रगति गर्ने बताए । राष्ट्रिय एकताको अर्थ र महत्व उद्योगी, व्यापारीहरुलाई अझ बढि थाहा भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले शान्ति, स्थिरता र स्थायित्व कायम गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने बताए । प्रधानमन्त्री ओलीले आर्थिक नीति तय गर्दा उद्योगीहरुको परामर्श लिने व्यवस्था गर्ने घोषणा गरे । उनले त्यसका लागि छिट्टै उद्योग, व्यवसाय क्षेत्रका विज्ञहरु सम्मिलित परामर्श समिति गठन गर्ने योजना पनि सार्वजनिक गरे ।

प्रधानमन्त्री ओलीले आधुनिक प्रविधि भित्र्याएर मुलुकको उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्न आफू प्रतिवद्ध रहेको बताए । कार्यक्रममा बोल्दै महासंघकी अध्यक्ष भवाणी राणाले महासंघलाई निजी क्षेत्रको सशक्त संस्थाको रुपमा विकास गरिएको दावी गरिन् । उनले महासंघको देशभर संजाल विस्तार गर्न योगदान दिएको भन्दै अग्रजहरुप्रति पनि आभार व्यक्त गरिन् । महासंघले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई साथ दिने प्रतिवद्धता व्यक्त गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);