तरकारीको फरक-फरक मूल्य: विक्रेताकै मनोमानी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तरकारीको फरक-फरक मूल्य: विक्रेताकै मनोमानी

tarkari

काठमाडौं, २९ बैशाख । उपत्यकाभित्रै रहेका तरकारी बजारमा तरकारीको मूल्य फरक फरक पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार र अन्य तरकारी बजारमा अनुगमन गर्दा एउटै तरकारीको मूल्य पनि फरक फरक पाइएको हो ।

तरकारी व्यवसायीहरूले तरकारीको मूल्य निर्धारणमा मनोमानी गर्दा आपसमा जोडिएर रहेका पसलमै समेत तरकारीको मूल्य फरक फरक हुने गरेको छ । कालीमाटी तरकारी बजारमा हरियो खुर्सानीको खुद्रा मूल्य ४८ रुपैयाँ प्रतिकिलो छ । तर, त्यही खुर्सानी मैतीदेवीमा ७० रुपैयाँ र कुपण्डोलमा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको पाइयो । त्यस्तै, कालीमाटीमा खुद्रा मूल्य ३८ रुपैयाँ प्रतिकिलोेका दरले रहेको ठूलो गोलभेंडा कुपुण्डोलमा ५० रुपैयाँ प्रतिकिलो र मैतीदेवीमा ४० रुपैयाँ प्रतिकिलोेका दरले बिक्री भइरहेको थियो ।

कालीमाटी तरकारी बजारमा प्रतिकिलो ५५ रुपैयाँका दरले रहेको भन्टा कुपुण्डोलमा उपभोक्ताले ७० रुपैयाँमा खरिद गरिरहेको देखियो । खुद्रा विक्रेताहरूले ग्राहकले खरिद गर्ने परिमाणका आधारमा तरकारीको मूल्य निर्धारण गरिने बताएका छन् । त्यस्तै, सानो गोलभेंडाको मूल्य ठाउँअनुसार २२ रुपैयाँदेखि ४५ रुपैयाँसम्ममा बिक्री गरेको पाइयो । कालीमाटी फलफूल तथा तरकारी बजारमा ३३ रुपैयाँ प्रतिकिलोेका दरले रहेको काउली अन्य बजारमा ६० रुपैयाँसम्म पर्ने गरेको छ । सोही काउली काभ्रेका किसानले १५ रुपैयाँ प्रतिकिलोेका दरले बिक्री गर्ने गरेका छन् । आजको राजधानीमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);