नेपालबिना राम अधुरो, धाम पनि अधुरो | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

नेपालबिना राम अधुरो, धाम पनि अधुरो

modi in nepal

जनकपुर, २९ बैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध राजनीतिक र कूटनीतिक मात्र नभएर देवनीतिका आधारमा नै स्थापित भएको बताएका छन् ।

रंगभूमि मैदान बाह्रबिघामा जनकपुर उपमहानगरपालिकाले शुक्रबार दिउँसो गरेको नागरिक अभिनन्दन लिएपछि प्रधानमन्त्री मोदीले नेपालबिना भारत अधुरो रहेको बताए । उनले भने, ‘नेपालबिना भारतको आस्था अधुरो हुन्छ, विश्वास अधुरो हुन्छ र इतिहास अधुरो हुन्छ । नेपालबिना भारतका धाम पनि अधुरा हुन्छन्, राम पनि अधुरा हुन्छन् । माता सीताको कुर्सी रामको अयोध्यायले पाउने अहोभाग्यका कारण भारतले पूर्णता पाएको थियो।’

असल छिमेकीको संकटमा सहयोग गर्ने नै महान् छिमेकी हुने बताएका मोदीले भने, ‘जो मित्रको दुःखमा दुःखी हुँदैन, उसलाई देख्दा पाप लाग्छ, आफ्नो दुःख पहाडजत्रो छ भने पनि महत्व नदिने र मित्रको सानो दुःखलाई पनि पर्वत जत्रो मानेर सहयोग गर्ने असल मित्र हो।’

जानकी मन्दिरसहित जनकपुर स्तरोन्नतिका लागि एक सय करोड भारु सहयोग घोषणा गरेका मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य आफ्नो सरकारको सबका साथ, सबका विकासजस्तै रहेकाले विकासका लागि भारतले सक्दो सहयोग गर्ने बताए । आजको राजधानीमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);