जनकपुर र मुक्तिनाथ भ्रमण गर्न मोदीलाई ओलीको निम्तो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जनकपुर र मुक्तिनाथ भ्रमण गर्न मोदीलाई ओलीको निम्तो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’ का रूपमा शुभकामना दिँदै सरकार गठनलगत्तै भारत भ्रमणमा आउन निम्तो दिएका छन् ।

modi oli

काठमाडौँ,८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी ओलीलाई ‘भावी प्रधानमन्त्री’ का रूपमा शुभकामना दिँदै सरकार गठनलगत्तै भारत भ्रमणमा आउन निम्तो दिएका छन् । गत पुस ६ मा टेलिफोन संवादमा निम्तो दिएको ठीक एक महिनापछि मोदीले आइतबार टेलिफोन गरी पुन शुभकामना र भारत भ्रमणको निम्तो दिएका हुन् ।त्यसलाई स्वीकार्दै ओलीले पनि मोदीलाई जनकपुर र मुक्तिनाथ भ्रमणको निम्तो दिएका छन् ।

मोदीले ओली नेतृत्वको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतीक्षारत रहेको पनि जनाएका छन् । एक महिनाअघिको फोनवार्तामा पनि उनले यही कुरा बताएका थिए । मोदीले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै अंग्रेजी नयाँ वर्षको शुभकामना पनि दिए । ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दुवै नेताबीच ‘साढे सात मिनेट’ लामो वार्ता भएको थियो । मोदीले ओलीलाई स्वागत गर्न आफू प्रतीक्षारत रहेको जनाएका थिए ।

ओलीले पनि अब छिट्टै सरकार बन्ने उल्लेख गर्दै सरकार बनेपछि पहिलो विदेशी विशिष्ट पाहुनाका रूपमा मोदीलाई स्वागत गर्न आतुर रहेको बताएका थिए । नयाँ सरकार गठनलगत्तै नेपाल बिमस्टेकको चौथो शिखर सम्मेलनको तयारीमा छ ।सम्मेलन हुने भए त्यसमा सहभागी हुन मोदी आउने छन् । तर भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले छुट्टै तवरले भ्रमणको निमन्त्रणा दिएका छन् । यसअघि, मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अधुरो रहेकाले त्यो पनि पूरा गर्ने गरी ओलीले निमन्त्रणा दिएको प्रेस संयोजक अधिकारीले बताए ।

गत पुस ६ मा मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग फोन–संवाद गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिएका थिए । त्यसको ठीक एक महिनापछि मोदीले पुन ओलीलाई फोन गर्दै भने, ‘अब नेपाल राजनीतिक स्थायित्वतर्फ अघि बढ्नेमा हामी विश्वस्त छौं ।’आजको कान्तिपुर दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);