भारतीय प्रधानमन्त्री मोदीले पुरानै आश्वासन दोहार्‍याए, भने– पञ्चेश्वर परियोजना तिव्र रुपमा अघि बढ्छ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतीय प्रधानमन्त्री मोदीले पुरानै आश्वासन दोहार्‍याए, भने– पञ्चेश्वर परियोजना तिव्र रुपमा अघि बढ्छ 

काठमाडौं । भारतीय प्रधानमन्त्रीले पञ्चेश्वर परियोजनालाई तिव्र रुपमा अघि बढाउने आश्वासन नेपाललाई दिएका छन् । नयाँदिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्री सम्मिलित नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले उक्त आश्वासन दिएका हुन् ।

‘पञ्चेश्वर परियोजना तिव्र रुपमा अघि बढाउन जोड दिएका छौं । यो परियोजना यस क्षेत्रका जनताको लागि एउटा गेम चेन्जर परियोजना हुनेछ,’ भारतीय प्रधानमन्त्री मोदीले भने । भारतीय आनकानीका कारण सम्झौता भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाले गति लिन सकेको छैन ।

नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा होस् वा भारतीय प्रधानमन्त्री नेपाल आउँदा प्रत्येक पटक पञ्चेश्वर मुद्दा उठ्ने गरेको छ । प्रत्येक पटक भारतीय पक्षले पञ्चेश्वर  परियोजनालाई तिव्र रुपमा अघि बढाउने आश्वासन दिंदै आएको छ । यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला पनि भारतीय प्रधानमन्त्रीले सो आश्वासन दिएका हुन् ।

‘नेपाल बढी भएको विद्युत भारतमा निकासी गरिरहेको छ । यो राम्रो कुरा हो । यसले नेपालको विकासमा सहयोग गर्नेछ,’ मोदीले भने । मोदीले प्रधानमन्त्री देउवा भारतको पुरानो साथी भएको उल्लेख गर्दै भारत र नेपालको मित्रता तथा जनताको सम्बन्ध विश्वमा कहिं कतै देख्न नपाइेने दाबी गरे ।

‘हाम्रो सम्भयता, संस्कृति प्राचिनकालदेखि जोडिएको छ । सदियौदेखि हामी सुख–दुःखका साथी बनेका छौं,’ भारतीय प्रधानमन्त्री मोदीले भने । भेटवार्तामा व्यापार र सबै प्रकारका क्रस बोर्डर कनेक्टीभिटीमा जोड दिएको उनले जनाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);