६ दशक अघि सुरु भएको पञ्चेश्वर बुहुउद्देश्यीय परियोजना अझै अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

६ दशक अघि सुरु भएको पञ्चेश्वर बुहुउद्देश्यीय परियोजना अझै अलपत्र

पुस्कर भट्ट

कञ्चनपुर २० वैशाख । ६२ वर्षअघि सुरु भएको पञ्चेश्वरको बहुउद्देश्यीय परियोजना अझै टुंगिएको छैन । तुरुन्तै सुरु होलाजस्तो गरी बेलाबेला चर्चा हुने गरेपनि भारतसँग सहमति नहुँदा परियोजना अलपत्र अवस्थामा छ ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना नेपाली राजनीतिमा विवादस्पद मानिने महाकाली नदी एकीकृत सन्धिकै एउटा अंग हो । यही परियोजनाका कारण विगतमा कांग्रेसदेखि एमालेसम्म आन्तरिक विवादमा फँसेका थिए ।

तत्कालीन नेकपा माओवादी विद्रोहमा उत्रिनुका केही कारणमध्ये पञ्चेश्वर पनि एउटा महत्वपूर्ण कारण थियो । एकीकृत सन्धिमा शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विषय रहँदै आएको छ ।

पञ्चायतकालमै भारतले महाकाली नदीमा एकतर्फी रुपमा बाँध बनाउन सुरु गरे पनि बहुदलपछि मात्र यो राजनीतिक मुद्दा बनेको हो । तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भारत गएकै बेला दिल्लीले यो सम्झौता गराउन चाहेको थियो ।

त्यसपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा टनकपुर सम्झौता गरियो । तर, त्यससम्बन्धी विवाद सडकदेखि अदालतसम्म पुग्यो । टनकपुरको विषयलाई कसरी पारित गर्ने भन्ने विषयमा त्यस समय सत्तारुढ दल नेपाली कांग्रेसभित्र पनि विवाद चर्किएको थियो ।

झण्डै दुई दशक अघि नेपाल र भारतबीच महाकाली नदीमा बन्ने परियोजना द्विदेश्यीय संयुक्त लगानीमा संचालन गर्ने सन्धी भएको थियो । सन्धि भए पनि महाकाली नदीको उद्गमस्थल अहिलेसम्म निर्धारण हुन सकेको छैन ।

यसबारे दुई देशबीच विवाद रहँदै आएको छ । बैतडीको पञ्चेश्वर गाविसमा ३ सय ४५ मिटर अग्लो बाँध निर्माण गरेर ६ हजार ४ सय ८० मेगाबाट बिजुली उत्पादन गर्ने यो परियोजनाको लक्ष्य छ ।

त्यसमा रुपालगाढमा रिरेगुलटरी ड्याम बनाएर बिजुली निकालिने उल्लेख छ । तर, भारतीय पक्ष तयार देखिएका छैन । भारतले महाकाली सन्धिमाथि बन्ने बाँध पूर्णागरीमा बनोस् भन्ने चाहन्छ तर त्यहाँ बाँध बनाउन नेपालतर्फको खेतीयोग्य ठूलो हिस्सा डुब्ने हुँदा अस्वीकार गर्दै आएको छ ।

नेपालका तर्फबाट पञ्चेश्वर परियोजनाको झण्डै ११ बर्षमा वातावरण प्रभाव मुल्याङ्गकन प्रतिवेदन तयार गरिएको छ । तर, भारतका तर्फबाट वातावरण प्रभाव मुल्याङ्गकन प्रतिवेदन तयार भएको छैन् ।

नेपालतर्फ तयारी भएको वातावरण प्रभाव मुल्याङ्गकन प्रतिवेदन अनुसार पञ्चेश्वर परियोजनाबाट नेपालका १ सय २ गाउँ डुवानमा पर्दैछन् । झण्डै २ हजार ८ सय हेक्टर वन क्षेत्र डुवानमा पर्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);