अमेरिकी डलरको मूल्य वितेका १४ महिना यताकै महंगो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकी डलरको मूल्य वितेका १४ महिना यताकै महंगो

dolar

काठमाडौं, २१ बैशाख । अमेरिकी डलरको मूल्य वितेका १४ महिना यताकै महंगो भएको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले लिएको आर्थिक नीतिका कारण अमेरिकी अर्थतन्त्र बलियो भएपछि डलरको भाउ महंगो भएको हो ।

अहिले १ डलर किन्नका लागि नेपाली १ सय ६ रुपैयाँ ९६ पैसा खर्च गर्नुपर्ने भएको छ । लगातार एक सातादेखि डलरको मूल्य यही छ । त्यसअघि अझ बढी महंगो थियो । अघिल्लो साता १ डलर किन्नका लागि १ सय ७ रुपैयाँ ३५ पैसासम्म खर्च गर्नु परेको थियो । डलरको यो मूल्य २०७३ माघ महिनापछिको सबैभन्दा महंगो हो । राष्ट्रपति ट्रम्पले ३५ प्रतिशत लिँदै आएको कर्पोरेट इनकम ट्याक्सलाई घटाएर २१ प्रतिशतमा झारेपछि लगानीकर्ताहरु अमेरिकामा लगानी गर्न थप आकर्षित भएका छन् ।

जसकारण अमेरिकी अर्थतन्त्र बलियो हुनगई डलरको भाउ महंगिएको राष्ट्र बैंकको अनुसन्धान विभागले जनाएको छ । उता, भारतीय प्रधानमन्त्री मोदीको आर्थिक नीतिले भारतीय अर्थतन्त्रलाई बलियो बनाउन नसकेपछि डलरसँग भारु निकै कमजोर भएको छ । नेपालको दुईतिहाइ ब्यापार भारतसँग हुने भएकाले डलरसँग भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएको हो । भारतसँग नेपालको स्थिर बिनिमय दर छ ।

नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको भाउ बढ्दा नेपाली अर्थतन्त्रलाई नाफाभन्दा बढी घाटा हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);