प्रधानमन्त्री ओलीलाई भारतीय र चिनीयाँ प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानमन्त्री ओलीलाई भारतीय र चिनीयाँ प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

kp oli pm

काठमाडौं,४ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनका प्रधानमन्त्रीले बधाई दिएका छन् । प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई तथा शुभकामना दिएका हुन ।

मोदीले बधाई दिने क्रममा नेपालको विकासका लागि सक्दो सहयोग गर्ने वचन दिंदै प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता दिएका छन । मोदीले प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारत आतुर रहेको बताएको ओलीको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार टेलिफोन संवादमा प्रधामन्त्री ओलीले मोदीलाई भारतसँगको मित्रता अझ सुदृढ बनाउन प्रयास गर्ने बताएका थिए । ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि टेलिफोन गरेर बधाई दिएकी छन ।

भारतले प्राथमिकता दिएका ओलीलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि लिखित सन्देश पठाएर बधाई दिएका छन । चिनियाँ प्रधानमन्त्री खछ्याङले ओलीको कार्यकालमा दुई देशको सम्बन्धलाई अझ सुदृढ तुल्याउनुका साथै पारस्परिक लाभका दुई पक्षीय सहयोगका क्षेत्रमा मिलेर काम गर्ने बताएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);