देउवा, ओली र प्रचण्डलाई किन फोन गरे मोदीले ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

देउवा, ओली र प्रचण्डलाई किन फोन गरे मोदीले ?

modi

निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकाे भन्दै प्रचण्डलाई बधाई

काठमाडौँ, ६ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन संवाद गरेका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले मोदीले नेपालका शीर्ष नेतासँग टेलिफोनमा कुराकानी गरेको कुरा सार्वजनिक गरेका हुन् । भारतीय विदेश मन्त्रालयमा आज आयोजित नियमित प्रेस बिफ्रिङको क्रममा रविश कुमारले यस्तो जानकारी दिएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’का प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आज अपराह्न ४ः३० बजे टेलिफोन गरी निर्वाचनमा वाम गठबन्धनले विजय हासिल गरेकामा बधाई दिएकाे बताएका छन् ।

अध्यक्ष प्रचण्डले आफूलाई बधाई दिएकोमा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद प्रकट गरेकाे उनले बताए । टेलिफोन वार्तामा नेपालको पछिल्लो समसामयिक राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);