बधाई सन्देश पाएपछि नेपालका प्रधानमन्त्री सहित विश्वका नेतालाई मोदीले दिए धन्यवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बधाई सन्देश पाएपछि नेपालका प्रधानमन्त्री सहित विश्वका नेतालाई मोदीले दिए धन्यवाद

Modi_winner

काठमाडौं, १० जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीलाई ऐतिहासिक जित दिलाएकोमा विश्वभरका नेताले उनलाई बधाई दिएका छन् ।

बिहीबार भएको मतगणनामा भारतीय जनता पार्टीले ऐतिहासिक जित हासिल गरेको हो । यो सँगै मोदीले दोस्रो कार्यकाल सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । ऐतिहासिक जित हासिल गरेकोमा मोदीलाई विश्वभरका नेताले बधाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले मोदीलाई बधाई दिएका छन् । अधिकांश नेताले ट्वीटरमार्फत मोदीलाई बधाई दिएका हुन् । मोदीले आफूलाई बधाइ दिने सबैजसो नेतालाई धन्यवाद दिएका छन् । उनले ट्वीटरमा आएका बधाई सन्देशमा जवाफस्वरुप धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्री ओलीले दिएको बधाइ सन्देशको जवाफमा मोदीले भनेका छन् । तपाईको हार्दिक शुभकामनाका लागि धन्यवाद । नेपाल र भारत पुरानो समयदेखि घनिष्ठ मित्र र छिमेकी देश रहँदै आएको चर्चा गर्दै उनले दुई देशका नागरिकबीचको सम्बन्धले यसलाई अझ मजबुत बनाएको बताएका छन् । उनले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा लैजान प्रधानमन्त्री ओलीसँग सहकार्य जारी राख्न चाहेको जनाएका छन् । त्यस्त,ै नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले दिएको बधाइ सन्देशको जवाफमा मोदीले नेपालसँग पारम्परिक रुपमा घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन आफू प्रतिबद्ध रहेको जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);