विश्वासको मत लिएकाे तीन मिनेट भित्रै मोदीले दिए देउवालाई बधाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विश्वासको मत लिएकाे तीन मिनेट भित्रै मोदीले दिए देउवालाई बधाई

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

संसदमा विश्वासको मत प्राप्त गर्ने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका हुन् । ट्वीटरमार्फत मोदीले देउवालाई कार्यकालको सफलताको शुभकामना समेत दिएका छन् ।

नागरिक तहको सम्बन्धलाई थप प्रगाढ बनाउँदै देउवा सरकारसँग भारत मिलेर अगाडि बढ्न चाहेको कुरा मोदीले उल्लेख गर्नूभएको छ । साथै, विभिन्न क्षेत्रलाई थप सुद्धढ बनाउने चाहना पनि मोदीले व्यक्त गरेका छन् ।

देउवाले विश्वासको मत लिएको घोषणा सभामुखले गर्ने केही मिनेटमै मोदीले ट्वीट गरेका थिए ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);