चाडवाडसंगै महङ्गिएको तरकारीको भाउ अझै पनि सस्तो हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चाडवाडसंगै महङ्गिएको तरकारीको भाउ अझै पनि सस्तो हुन सकेन

tarkari

काठमाडौं, २९ असोज । काठमाडौंमा चाडवाडसंगै महङ्गिएको तरकारीको भाउ अझै सस्तिएको छैन । बिभिन्न बाहनामा तरकारीको मूल्य बढाइएको छ । एतिसम्मकी पसलैपिच्छे तरकारीको भाउ फरक–फरक छ ।

नियमित अनुगमन गरी बजार नियन्त्रण गर्ने सरकारी निकाय मौन छ । दशैको बीचमा काठमाण्डौबाट दशै मनाउन घर फर्कने हुँदा तरकारी आपूर्तिमा कमि आएपछि राजधानी काठमाडौमा तरकारीको मूल्य आकासिएको हो । तरकारीको भाउ दैनिक बढिरहनु तरकारीमा विचौलियाको सिण्डिकेट कायमै रहेको प्रष्ट प्रमाण हो । कालिमाटी फलफूल तथा तरकारी बजारमा विचौलियाको एकाधिकार अहिले पनि उस्तै छ ।

कृषी मन्त्री चक्रपाणि खनालले कालीमाटीस्थित तरकारी बजार हटाएर बिचौलियाको एकाधिकार समाप्त गर्ने बताएपनि व्यवहारिक सुधार हुनज सकेको छैन । कालिमाटीमा कब्जा जमाएर बसेका बिचौलिया र बिक्रेताले दशैंको समयलाई कमाउने उपयुक्त अवसरका रुपमा लिएका छन । त्यसैको मारमा उपभोक्ता परिरहेका छन ।

कालीमाटी बजारमा थोक बाजर र बाहिरको खुद्रा बजारमा भने तरकारीको मुल्यमा धेरै अन्तर रहेको पाइयो । थोक बजारमा समान्य मूल्यमै रहेको तरकारी त्यसैको बाहिर भन्दा ठुलो मूूल्य फरक रहेको पाइयो । थोक बजारमा काउलीको मुल्य प्रतिकिलो ६० छ भने त्यही काउली बाहिशरको खुद्रा बजारमा प्रतिकिलो ८० रुपैयाभन्दा माथि छ । त्यस्तै सानो गोलभेडा थोकमा ७० रुपैया छ भने बाहिर प्रतिकिलो १०० रुपैयामा बिक्री भइरहेको छ । त्यस्तै अन्य तरकारी आलु, बोडी, फसी, हरियो सागलगायतको मूल्य त दोब्बर नै बढाइएको छ ।

यस्तै कालिमाटीबाट लगेको तरकारी व्यापारीहरुले १० देखि ३० रुपैँया सम्म प्रतिकिलो बढी नाफा लिएर बेच्ने गरेका छन् । मूल्यबृद्धिसँगै राजधानीबासीको भान्सा निकै महउङ्गिएको छ । उपभोक्ता मात्र होइन व्यापारीहरु पनि आफू मारमा रहेको गुनासो गरिरहेका छन । सरकारले साना कृषकहरुसँग बिल बिजक माग्ने गरेको छ । राजधानीमा केही महिना देखि आकासिएको तरकारीको भाउ चाडवाड नजिकिदैगर्दा ३० प्रतिशतसम्म महङ्गो भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);