पर्वतमा मिनिबस दुर्घटना: ७ जनाको मृत्यु, १५ जना घाइते (फोटोफिचर सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पर्वतमा मिनिबस दुर्घटना: ७ जनाको मृत्यु, १५ जना घाइते (फोटोफिचर सहित)

parbat

पर्वत, ३ माघ । पर्वतमा आज बिहान मिनिबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

म्यादीको बेनीबाट नारायणघाटका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस आज बिहान पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा दुर्घटना भएको हो । बसमा सवार झण्डै ४० जना यात्रु मध्य ३ जनाको घटनास्थलमा नै र ४ जनाको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वत जिल्ला जलजला गाउँपालिका–८ की टिका परिवार, सेती परियार र सिके दमाई, बागलुङ नगरपालिका–४ कुँडुले बस्ने शान्ति केसी रहेको प्रहरीले जनाएको छ । अरु मृतकहरुको पहिचान हुन सकेको छैन । दुर्घटनामा गम्भीर १५ जना गम्भीर घाइते भएका छन् ।

ती मध्ये ३ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौँ ल्याइएको प्रहरीले जनाएको छ । बाँकी घाईतेको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भैरहेको छ । घाईते मध्ये अधिकांशको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । बस तिब्र गतिमा रहेका कारण एक्कासी दुर्घटना भएको घाइतेहरुले बताएका छन् । बस कालिगण्डकी सडकको किनारबाट झण्डै १ सय मिटर तल खसेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);