उदयपुरगढीको पञ्चावती माध्यमिक विद्यालय बन्यो रुग्ण र जीर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

उदयपुरगढीको पञ्चावती माध्यमिक विद्यालय बन्यो रुग्ण र जीर्ण

udaypur

गोपाल पोखरेल
उदयपुर, ३ माघ । बिक्रम संम्वत १९७२ सालमा भाषा पाठशालाको रुपमा स्थापना भएको उदयपुर जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढीको पञ्चावती माध्यमिक विद्यालय रुग्ण र जीर्ण बनेको छ । सरकार देखि त्यही बिधालयमा क, ख चिनेर एसएलसीसम्म अध्ययन गरी उच्च सरकारी ओहदामा पुगेकाहरुले समेत विद्यालयको महत्वलाई चटक्कै बिस्रिएपछि यो विद्यालय बेवारिसे बन्न पुगेको हो ।

उदयपुर जिल्लाकै ऐतिहासिक र सबैभन्दा पुरानो पञ्चवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने दर्जनौ ब्यक्तिहरुले स्वदेश र बिदेशमा समेत ख्याति कमाए । स्वदेश र विदेशमा महल बनाए । तर आफ्नो भाग्य र भबिष्य निर्माण गर्ने यो बिधालयका बारेमा कसैले पनि सामान्य ध्यान र दृष्टि नदिदा विक्रम संम्बत २०४५ सालको भुकम्पमा परी चिराचिरा भएको पञ्चावती उच्च माध्यमिक विद्यालयको अबस्था अहिले पनि उस्तै छ । भवन अहिले लड्ने कि भरे लड्नेको अबस्थामा देखिन्छ ।

विक्रम सम्बत् २०१८ सालमा हाइस्कूलको मान्यता पाई २०२० सालदेखि एसएलसी सुरु भएको यो बिधालयमा पढेका विद्यार्थीहरु मन्त्रीसम्म भए । एकदर्जन भन्दा बढी ब्यक्ति सचिबसम्मका उच्च सरकारी ओहदामा पुगे । कोही राजदुत भए त कोही इन्जिनियर बने । तर, उनीहरुबाट समेत विद्यालयका लागि कुनै सहयोग भएन । आजसम्म कसैले पनि आफ्नो भबिष्य निर्माण गर्ने यो रुग्ण विद्यालयलाई एकपटक फर्केर समेत नहरेको पञ्चावती माध्यमिक विद्यालयका पुर्व अध्यक्ष दिपक रोकाहाले बताए ।

यो विद्यालयमा क, ख देखि एसएलसी सम्म पढेर सरकारी तहमा अधिकृतस्तरको जागिर खाने ब्यक्तिहरुको गणना गर्ने हो भने छ दर्जनको हाराहारीमा छन् । २०३८ सालमा प्रधानाध्यापक बनेका नारायणबहादुर कार्कीको सक्रियतामा बनेर बर्तमान समयमा चिराचिरा परेको यो भवन बाहेक बिधालयका नाममा यहाँ पढेका बिधार्थीले फर्केर समेत नहेरेको स्थानीय बताएछन् । दर्जनौ व्यक्तिको भाग्य र भविष्यको निर्माण गर्ने यो विद्यालय भने दिन-प्रतिदिन रुग्ण र जीर्ण बन्दै गएको उनीहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);