झापाको बर्ने चिया बगानमा अबैध रुख फडानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

झापाको बर्ने चिया बगानमा अबैध रुख फडानी

पुजन घिमिरे
झापा, २ माघ । सरकारले सुवास सांघाइलाई ठेक्कामा लगाएको झापाको बर्ने चिया कमान भित्रका रुखको अवैध फडानी गरी तस्करी गरिएको छ । साल, सिसौंसहितका बहुमूल्य रुखहरु काटेर सुकेको दाउरा भन्दै गरिएको तस्करीमा काठ ठेकेदारसँग चिया बगान, चिया विकास निगम र झापस्थित जिल्ला वन कार्यालयको समेत मिलेमतो भेटिएको छ ।

सुकेका काठ हटाउने सम्झोता गरेका काठ व्यापारी शिवलाल कोइरालाले हरिया रुख ढालेर तस्करी गरि विर्तामोडको सूर्योदय काष्ठ उद्योगलाई बेचेका छन् । सूर्योदय काष्ठ उद्योगका संचालक निर्मल खतिवडाले कोइरालासँग चियाकमान भित्रका एकहजार तीनसय क्युुविकफिट काठ किनेको स्वीकार गरेका छन् ।

रुख फडानी तथा तस्करीमा डिभिजन वन कार्यालय झापाको समेत सहयोग देखिएको छ । उसले कमान क्षेत्रभित्रका रुख काट्न निजी वन कटान आदेश भन्दै दाउरा काट्ने इजाजत दिएको पाइएको छ ।

निजी वनको रुख काट्नका लागि जग्गाधनी पूर्जा अनिवार्य छ । तर, वन कार्यालयलाई इजाजत दिँदा जग्गाधनी पूर्जाको प्रतिलिपी र मालपोत तिरेको रसिद समेत खोजेको छैन । फेरी वनले सुकेको १ सय ३४ टुना भनी कटान आदेश दिएको छ ।

तर, एकसय ५० भन्दा बढी हरिया रुख काटिएको छ । बगान क्षेत्रभित्रका लोपोन्मुख सत्तिसाल, सिसौ लगायतका हरिया रुख छानी–छानी काटेको बगानका चौकिदार भिमबहादुर तामाङले जानकारी दिए ।

सुकेका दाउरा मात्रै काटेर बिक्रि गर्ने निर्णय र आदेश हुँदाहुँदै ठेकेदारले यत्तिका हरियो रुख फडानी गर्नुले निगमका कर्मचारी, वन कार्यालय र ठेकेदारबीच लाखौ रकमको चलखेल भएको वन कर्मचारीहरुको भनाइ छ ।

उनीहरु यसअघि पनि निगमले पटक–पटक सुकेको दाउरा बिक्रि गर्ने निहुँमा बर्ने र चिलिमकोट कमानका हरियो रुख काटेर दाउरा भन्दै बिक्रि गर्दै आएको विगत सम्झिन्छन् । निगम र बन कर्मचारीको मिलेमतोमा तस्करी हुँदै आएको भएपनि केन्द्र देखि प्रदेशसम्मका सरकारको ध्यान यस तर्फ पुगेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);