वैज्ञानिक वन व्यवस्थापनका नाममा अवैैध रुख कटान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

वैज्ञानिक वन व्यवस्थापनका नाममा अवैैध रुख कटान

श्रवण देउवा
कैलाली, ९ माघ । कैलालीको चुरे गाउँपालिकामा ग्रामिण सडक निर्माण र वैज्ञानिक वन व्यवस्थापनका नाममा अबैध ढंगले वन फडानी भएको पाइएको छ । वातावरण सन्तुलनको संवेदनशील क्षेत्रको रुपमा रहेको चुरे क्षेत्रमा जथाभावी वन फडानी हुँदा प्राकृतिक असन्तुलनको खतरा बढेको विज्ञहरुले बताएका छन् ।

वातावरण प्रभाव मुल्याङन विना नै ठेकेदारले सडक विस्तारको मौका छोपी सडकको भित्र भित्र सम्म डोजरको प्रयोग गरी रुख कटान भएको छ । यसरी अवैध रुख कटान सामुदायिक वनकै मिलेमतोमा गरिएको स्थानीयहरुले आरोप लगाएका छन् । चुरे गाउँपालिकाले सडक विस्तार र रुख कटानका विषयमा सम्बन्धीत निकाय संग सल्लाह नै नगरी सडक निर्माणको वाहाना गरी रुख कटान गरिएको उनीहरुको भनाई छ ।

यता, यो वनको रेखदेख गर्ने जिम्मा सिद्धलगनशिल सामुदायिक वनले पाएको छ । तर, सामुदायिक वनका अध्यक्ष लाल बहादुर साउद पनि अवैध ढंगले रुख कटान नगरिएको दावी गदै हिँडेका छन् ।

कानुनमा सडक विस्तारमा क्रममा रुख कटान गर्नूपर्ने भए जिल्ला वन कार्यालयमा अनुमति लिनुपर्ने व्यवस्था छ । तर, गाउँपालिकाले यस्तो अनुमति समेत नलिएको कैलाली जिल्ला वन अधिकृत भिमप्रसाद ढकालले बताए । उनले कुन विधि पु¥याएर रुख काटिएको र कत्ति काटिएको छ भन्ने बारेमा आफु अनविज्ञ रहेको प्रतिक्रिया दिए ।

यसरी चुरे गाउँपालिका र ठेकेदारले बाटो विस्तारका क्रममा रोडबाट भित्र भित्र सम्म रुख कटान गर्नूले यसमा गाउँपालिकाका प्रतिनिधी देखि ठेकेदारसम्मको ठुलो मिलोमतो हुनसक्ने स्थानीयले आशंका गरेका छन् । वातावरण प्रभाव मुल्याङ्कन विना रुख काट्ने सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने स्थानीयले माग समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);