सामुदायिक वन क्षेत्रमा वन फँडानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सामुदायिक वन क्षेत्रमा वन फँडानी

बाँके,५ असाेज। पछिल्लो समय सार्वजनिक विकास निर्माणको काममा चरम लापरवाही हुँदै आईरहेको छ । राष्ट्रिय गौरवका आयोजनादेखि स्थानीय तहको विकास निर्माणमा भ्रष्टाचार बढ्दो क्रममा छ ।यस्तै बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा पनि पनि भ्रष्टाचारको आशंका गरिएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा ब्यापक रुपमा वन फँडानी भएको छ । सामुदायिक वन उपभोक्त समूहले अनुमति विना नै केही समय अघि उक्त क्षेत्रमा रहेका सिसौं लगायत बहुमूल्य प्रजातिका रुखविरुवा अवैध रुपले काटेको हो । समुहले फडानी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिकाले आफ्नो कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।

उक्त समूहले डिभिजन वन कार्यालयसँग कटान आदेश तथा स्वीकृती नलिई अवैध रुपमा रुख काटेको हो । कोरोना भाइरस महामारीको मौका छोपेर अवैध रुपमा काटिएका ठूलो परिमाणका रुख, विरुवालाई समूहले बिक्री, वितरण गरिसकेको छ ।

नवदुर्गा भगवती सामुदायिक वन समूहले गाउ सभाको भेला मार्फत बैजनाथ गाउँपालिका कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ विगाह क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरेको थियो । गाउँपालिका र क्याम्पसलाई भौतिक संरचना बनाउन दिने निहुँमा उपभोक्ता समूहले अहिले आएर अवैध कटान गरेको हो।

३०/३५ बर्ष पहिले देखि जमिन उपभोग गर्दै आईरहेको र अहिले गाउपालिकाले उत्त जमिनमा तारजाली लगाई अतिक्रमण गरेको स्थानीयले बताएका छन् । वन उपभोक्ता समूहले काटेका रुखलाई तत्कालै व्यवस्थापन गरिए पनि रुखका ठुटा भने अहिले ताजै छन् । रुख काटिएको स्थान अहिले उजाड बनेको छ ।

गाउँपालिकाले उक्त क्षेत्रलाई आफ्नो लगानीमा तारबार गरेको छ । गाउँपालिकाले तारबार गरेको ११ विघा क्षेत्रमा भने थुप्रै रुखविरुवा रहेका छन् । वन उपभोक्ता समुहले गाउँसभा बोलाई सर्वदलिय निर्णय गरेको हुनाले रुख कटान गरेको गाउ पालिकाको भनाई छ ।

उपभोक्ता समूहले रुख कटान गर्दा जिल्ला डिभिजन वन कार्यालय बाकेसंग स्वीकृती र अनुमती नलिई काम गरेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । अबैध रुपमा रुख बिरुवा कटान गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउनु पर्ने स्थानीयको माग छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);