लाखौँ मूल्य बराबरको अवैध ढुंगा जफत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

लाखौँ मूल्य बराबरको अवैध ढुंगा जफत

बारा,४ असाेज। बाराको निजगढ नगरपालिकाले विभिन्न स्थानमा थुपारिएका लाखौँ मूल्य बराबरको अवैध ढुंगा जफत गरेको छ । निजगढ नगरपालिकाको बकैया र धन्सार खोला बगरमा थुपारिएका ४ लाख ८७ हजार ३ सय ७३ दशमलव ७९ घनफिट ढुंगा जफत गरिएको नगरपालिकाले जनाएको छ ।

निषेधित अवधिमा खोला बगरमा प्रवेश गरी संकलन गरेको करिव एक करोड रुपैयाँ मुल्य बराबरको अवैध ढुंगा बाराको निजगढ नगरपालिकाले जफत गरेको छ । कानुन अनुसार हरेक वर्ष वर्षा असारदेखि भदौसम्म खोला बगरमा प्रवेश गर्न रोक लगाएको भएपनि बगरमा प्रवेश गरी संकलन गरिएको ढुंगा नगरपालिकाले जफत गरेको हो । नगरपालिकाको वडा नम्बर १, ४, ९ र १० बकैया खोला र धन्सार खोलाबाट संकलन गरिएको ४ लाख ८७ हजार ३ सय ७३ दशमलव ७९ घनफिट ढुंगा जफत गरिएको नगरपालिकाले जनाएको छ ।

निजगढ नगरपालिकाले उक्त ढुंगा लिलाम गर्ने जनाएको छ । निजगढ नगरपालिकाको अनुसार प्रति घन फिट ७ रुपैयाँ ९१ पैसा राजस्व संकलन भईरहेको सो ढुंगाको न्युनतम मुल्य ३८ लाख ५५ हजार १ सय २३ रुपैया हुन आउँछ र यहि रकमलाई न्युनतम रकम कायम गरी लिलाम प्रक्रियामा जाने नगरपालिकाको तयारी रहेको छ ।

केही दिन यता जफत भएको ढुंगा करिब १ हजार २६ टिपर बराबर रहेको सोको प्रचलित बजार मुल्य न्युनतम करिब १ करोड रुपैयाँ हुने बताईएको छ । प्राविधिक कर्मचारी सहितको टोलीले खोला बगरमै पुगेर नापचाँच र चिन्ह लगाएर सम्बन्धित वडाका वडा अध्यक्षको रोहबरमा मुचुल्का बनाइ ढुंगा जफत गरिएको हो ।

बन्दका बेला मंहगो मूल्यमा ढुंगा बिक्री गर्ने उद्देश्यका साथ सो ढुंगा अवैध रुपमा संकलन गर्ने गरेको पाईएको छ । स्थानीय केही टेक्टर धनीले सो ढुंगा बिरगंज, सिमरा, जीतपुर, कलैया, डुमरवाना र निजगढ बजार क्षेत्रका व्यापारी मार्फत बिक्री गर्न अग्रिम भुक्तानी लिएर खोला बगरबाट निकालेर ढुंगा स्टक गर्दै आएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);