बिप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीले लगाएकाे तारवार प्रहरीले हटायाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बिप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीले लगाएकाे तारवार प्रहरीले हटायाे

चितवन, ९ माघ । बिप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले चितवनको माडी नगरपालिकास्थित भारतको सिमाना मर्चरीकुटीमा लगाएको तारवार प्रहरीले हटाएको छ ।

अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारबारको करीब ३० मिटर लामो रहेको थियो । बिप्लव माओवादी निकट अखिल क्रान्तिकारीका चितवन जिल्लाका अध्यक्ष चिरञ्जीवी ढकालले मंगलबार दिउँसो चार बजेदेखि लगाइएको काँडेतार त्यही दिन राती प्रहरीले हटाइएको हो ।

अखिल क्रान्तिकारीका अध्यक्ष ढकालले जबसम्म भारतले मिचिएको जमिन फिर्ता गर्दैन तबसम्म आफ्नो सीमा बचाऔँ अभियान चलिरहने समेत जानकारी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);