तालमेलमा असन्तुष्टि, एमाले र माओवादीका कार्यकर्ता बिच कुटाकुट | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

डोल्पा, २० कार्तिक। डोल्पामा चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट भएको छ।

चुनावी प्रचारप्रचारका क्रममा तल्लो डोल्पा पुगेका एमालेका कार्यकर्ता र माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच कुटाकुट भएपछि मुड्केचुला गाउँपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन्।

माओवादीका स्थानीय कार्यकर्ताले शाहीमाथि चिर्पट प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

अखिल क्रान्तिकारीका जिल्ला सदस्य टक्क शाहीले अध्यक्ष शाहीमाथि लुकेर आक्रमण गरेको एमाले डोल्पाको आरोप छ । चिर्पट प्रहार गर्ने अखिल क्रान्तिकारीका टक्क शाही प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रचार टोली गाउँमा पुगिसकेपछि शाहीमाथि आक्रमण भएको एमालेले जनाएको छ। कुटपिटपछि गम्भीर घाइते भएका शाहीको प्रारम्भिक उपचार कालिका फेमिली अस्पतालमा गर्दा पनि होस नखुलेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);